सरकारको बोल्ड कदमः करारमा रहेका सबै कर्मचारी हटाउने

सरकारको बोल्ड कदमः करारमा रहेका सबै कर्मचारी हटाउने

  • बिहिबार, फाल्गुन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

फागुण ११ काठमाण्डौँ । देशमा बढ्दो आर्थिक संकटलाई देखाँउदै सरकारले करारमा रहेका सबै कर्मचारी हटाउने बोल्ड निर्णय गरेको छ ।

अधिक संरचनामा राजनीतिक हस्तक्षेपको शिकार स्वरुप सबै जसो कार्यलयमा करार र ज्यालादारीका नाममा ठूलो संख्यामा सरकारी कार्यलय तथा संस्थानमा कर्मचारी कार्यरत रहेका छन् ।

चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो।

अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको हो।

त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन्। त्यसको विवरण अहिले अर्थमन्त्रालय संकलन गरिरहेको छ।

अर्थ मन्त्रालयले सबै मन्त्रालयहरु सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरिसकेको छ।

अर्थ मन्त्रालयले गरेको पत्राचारमा भनिएको छ,‘कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ।’

अर्थ मन्त्रालयको पत्र अनुसार कुनै निकायका र त्यसको आयोजनामा रहेका करार र ज्यालादारी कर्मचारीहरुको विवण पठाउनुपर्ने छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ