दक्षिण अफ्रिकाका चर्चित र्याप गायक किएरनन ज्यारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्टनजिकै गोली हानी हत्या गरिएको छ।
विश्वभर एकेएको नामले प्रख्यात ३५ वर्षीय उनीसहित साथीको पनि गोली हानेर हत्या गरिएको छ।
उनीहरु दुवैजना एक नाइट क्लबमा आयोजित सांगीतिक कार्यक्रममा गइरहेका बेला गोली हानिएको हो।
यी दुईजनाको हत्याको कारण अहिलेसम्म खुलिसकेको छैन। पुलिसका प्रवक्ता कर्नल रोबर्ट नेत्शिउन्डाले बताए अनुसार र्यापर एकेए र उनका साथी आफ्नो कारमै सवार थिए।
त्यही बेला दुईजना हतियाराधारीहरुले नजिकै आएर उनीहरुमाथि गोली हानेका थिए।
एकेएले आफ्नो संगीत करिअर र्याप ग्रुप ुएन्टिटीु को एक सदस्यका रुपमा सुरु गरेका थिए। त्यसपछि उनी एक्लै गाउने गर्थे।
गायन यात्राका क्रममा उनलाई दक्षिण अफ्रिकामा कयौँ पुरस्कारबाट सम्मान गरिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline