नेपाली राजनीतिमा अस्थिरताको सुरुवात शुरु भयो सुदुरपश्चिमबाट, २९ दिनमै ढल्यो एमाले सरकार

नेपाली राजनीतिमा अस्थिरताको सुरुवात शुरु भयो सुदुरपश्चिमबाट, २९ दिनमै ढल्यो एमाले सरकार

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

माघ २६ धनगढी । नेपालमा पछिल्लो निर्वाचन परिणामले दिएको राजनीतिक अस्थीरताको संकेत सुदुरपश्चिमबाट शुरु भएको छ । चुनावबाट उदाएका नयाँ र साना राजनीतिक दलले च्याखे थाप्ने र सरकार बनाउने ढाल्ने खेल त्याहाँबाट शुरु भएको छ ।

एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेको २९ दिनमै पदमुक्त भएका छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बनेको व्यक्तिले ३० दिन भित्र विस्वासको मत लिनु पर्ने हुन्छ ।

शरुमा मुख्यमन्त्री बन्दा समर्थन गरेको सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विस्वासको मत दिन टिकापुर हत्याकाण्डका अभियुक्तका रुपमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्नु पर्ने शर्त राखेपनि सरकारले त्यो माग पूरा नगरेपछि सरकार ढलेको हो ।

यो घटनाक्रमले केन्द्र र अन्य प्रदेशहरुमा पनि अस्थीरताको बिउ रोपिएको छ ।

सुदुरपश्चिममा अब सबै भन्दा ठूलो दलको हैसियतमा नेपाली काँग्रेसको सरकार गठन हुने भएको छ ।

रावलको सरकार ढलेपछि अब संविधानको धारा १६८- ३- अनुसार अर्को मन्त्रिपरिषद् गठन हुने छ। जसअनुसार राजनीतिक समीकरण यथावस्थामा रहे कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दैछन्।

‘प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ३ मा भनिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी