माघ २४, काठमाण्डौँ । दोहोरो नागरिकता मुद्धामा सर्वोच्चको फैसलाका कारण सांसद र मन्त्री पद गुमेपछि तत्कालै नेपाली नागरिकता लिएर फेरी गृहमन्त्री हुन खोजेका रवि लामिछानेले आक्रोशमा पत्रकार र सञ्चार माध्यमको नामै किटेर धावा बोले । जुन दिन उनको पार्टीले समेत सरकारबाट फिर्ताको निर्णय गरेको थियो ।
पत्रकारको नामै किटेर व्यक्तिगत प्रश्नमा समेत अभिव्यक्ति दिएपछि यसको चौतर्फी बिरोध भईरहेको छ ।
उनले पत्रकार सम्मेलनमा अब आफू फेरी चुनाव जितेर प्रधानमन्त्री हुने सुनाएका थिए ।
पत्रकाहरु मध्य १२ भाई भन्दै उनले कान्तिपुरका कैलाश सिरोहियादेखि अमित ढकाल र रिषी धमला सम्मको खेदो खनेका थिए ।
त्यसपछि चौतर्फी आलोचनाको शिकार भोगेका रवि लामिछानेले पार्टी भित्र पनि आलोचनाको सामना गर्नु परेको छ । पार्टीको सोमबार बसेको बैठकमा उनको अभिव्यक्तिको बिरोध भएको एक नेताले बताए । लामिछानेले आत्मालोचना गर्नु पर्ने पनि माग उठेको छ । लामिछानेले धेरै रिस उठेकाले बोलि हालेँ अब के गर्ने त ? भनेर सुझाव समेत मागेका थिए ।
मिडियाले आफ्नो विरोधमा लेखेकै कारणले मन्त्री बन्न नपाएको लामिछानेको गुनासो छ ।
रास्वपालाई गृहमन्त्रालय नदिएका कारण सो पार्टीले सरकार छाडेको थियो ।