माघ १९ काठमाण्डौँ । पदमुक्त भएका रवि लामिछानेलाई गृहमन्त्री नबनाएर सरकारबाट बाहिरिने धम्की दिएको तीन दिन वित्दा पनि सो पार्टी सरकारबाट अलग भएको छैन ।
लामिछानेको व्यक्तिगत कारणले नै सरकार बाहिर जान नहुने मत बलियो भएपछि रास्वपा अलमलमा परेको छ ।
यही बेला यदी रास्वपा सरकारबाट बाहिरिए एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका छन् ।
आज पार्टीको बैठकमा प्रधानमन्त्रीले रास्वपा सरकारबाट बाहिरिन सक्ने बताएका थिए । तर पत्रकारहरुसँग आफूले सूचना पाए सम्म सो पार्टी सरकारबाट नबाहिरिने बताएका थिए ।
यदी रास्वपा बाहिरिए एकीकृत समाजवादी र जसपालाई भित्र्याउन प्रचण्डले अनौपचारीक संवाद शुरु गरेको बुझिएको छ ।
एकीकृत समाजवादीबाट नेताहरुले सरकारमा जानु पर्ने माग राखिरहेको बुझिएको छ । आज मात्रै एकीकृत समाजवादीका नेता विजय पौडेलले प्रधानमन्त्रीलाई भेटेर एकीकृत समाजवादीको सरकारमा भूमिकाका विषयमा छलफल गरेका थिए ।