माघ १६ काठमाण्डौँ । नागरिकताको सामान्य नियम पालना गर्न अटेर गर्दा सर्वोच्चको फैसलापछि गृहमन्त्री र सांसद दुबै पद गुमाएका रवि लामिछानेले आईतबार एकै दिन नागरिकता लिएर फेरी आफ्नो पार्टीको सभापति बनेका छन् ।
सभापति बनेकै दिन उनले फेरी आफूलाई गृहमन्त्रीका रुपमा नियुक्त हुनका लागि दबाब बढाएका छन् ।
उनले पार्टी मार्फत गृहमन्त्रालयको दबाब सार्वजनिक गराएका छन् । त्यसै गरी हिजै साँझ प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर गृहमन्त्रीमा नियुक्तिका लागि छलफल गरेका छन् ।
उनले ६ महिना गैर सांसद मन्त्री हुन पाउने प्रावधान अनुसार नियुक्ति दिन माग गरेका हुन् ।
त्यसपछि चितवनमा हुने उपनिर्वाचनमा आफूले फेरी पनि जितेर आउने दावी प्रस्तुत गर्दै मन्त्रालयको जिम्मेवारी मागेका हुन् ।
उनको राहदानी सम्बन्धि मुद्धामा अनुसन्धान सकिन बाँकी नै छ भने सर्वोच्च अदालतबाट फैसलाको समेत पूर्ण पाठ आउन बाँकी छ ।
आफू माथि मुद्धा हुँदा हुँदै स्वार्थको द्धन्द्ध बाझिने मन्त्रालय लिएका लामिछानेमाथि नैतिक प्रश्न खडा भईरहेका बेला फेरी सोही मन्त्रालयको दावी गरेका हुन् ।