माघ १३, काठमाण्डौँ । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । यो सँगै उनको उपपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ ।
उनको नागरिकता विवादमा आज सर्वोच्चले फैसला सुनाउदै उनको पुरानो नागरिकता हाल कायम नभएको सुनाएपछि लामिछाने स्वतः पदमुक्त भएका हुन् ।
यो फैसलासँगै चितवन २ मा सांसद पद रिक्त भएको छ ।
सर्वोच्चले रविले अमेरिकी नागरिकता त्यागेको जानकारी गराए पनि नेपालको कानुनअनुसार उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको पनि ठहर गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो फैसला सुनाएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline