छैटौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता काठमाडौंमा हुने

छैटौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्रको पहिलो साता काठमाडौंमा हुने

  • बुधबार, माघ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, माघ ११ । छैटौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो।

महोत्सवमा ५५ देशका ५ सय बढि फिल्मबाट छनौट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिष्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिए। बिगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उनले बताए।

यस पटकबाट निफका प्रतिष्पर्धी फिल्महरुलाई विभिन्न सिनेमा घरहरुमा प्रदर्शन गरिने पाठकले जानकारी दिएका छन्।पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा भएको बताउँदै यसले नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए। महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी