गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन, कलाकारिता क्षेत्र शोकमा

गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन, कलाकारिता क्षेत्र शोकमा

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

यती एयरको जहाज दुर्घटनामा परी लोकदोहोरी गायिका रिना छन्त्यालको निधन भएको छ । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आज बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको हो । ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिनुभएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन आज बिहान काठमाडौँदेखि पोखरा जानुभएको थियो ।

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गर्नुभएकी उहाँको दुर्घटनामा निधन भएको उहाँकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गर्नुभयो । उहाँ सवार जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनासँगै नेपाली लोकसङ्गीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी छन्त्याल पछिल्लो समय चर्चामा हुनुहुन्थ्यो । कलाकार टिका सानुले नेपाली लोक साङ्गीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताउनुभयो ।

बडिगाड–८ का टिका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताउनुभयो । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भन्नुभयो, “दुई÷तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।”

छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने गर्नुहुन्थ्यो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो । गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

शनिबार नै टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरामा आउनुअघि उहाँले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेती खोँचमा अस्ताउनुभएको छ । बुबाआमालगायत उहाँका परिवारजन बाग्लुङ गाउँमै बस्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी