पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आज संसदमा विस्वासको मत लिँदैछन् ।
आज बिहान ११ बजे संसदको बैठकमा सांसदहरुले विस्वासको मत दिनेछन् ।
प्रचण्डको समर्थनमा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, स्वतन्त्र २ सांसदले मत दिने निश्चत छ ।
त्यस बाहेक जनमत पार्टी र नागरिक उन्मक्ति पार्टीले पनि सत्ता गठबन्धनमा भाग लिए पनि विस्वासको मत दिने घोषणा गरिसकेका छैनन् ।
आज एकीकृत समाजवादीले पनि विस्वासको मत दिने विषयमा पार्टी सचिवालयको बैठक मार्फत निर्णय गर्दैछ ।
काँग्रेसले समेत विस्वासको मत दिने विषयमा आन्तरीक छलफल गर्दैछ ।
यदी अन्य दलहरुबाट समेत विस्वासको मत पाएमा प्रधानमन्त्री दुई तिहाई बढी सांसदको समर्थनमा आगामी दुई वर्षका लागि प्रधानमन्त्री हुने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline