पुष २२ काठमाण्डौँ । सत्तारुढ दलले न्युनतम कार्यक्रममा सहमति जुटाएसँगै प्रधानमन्त्री प्रचण्डले विस्वासको मत पाउने निश्चित देखिएको छ ।
आज कार्यदलले न्युनतम साझा कार्यक्रम तय गरेका छन् । यो भोली शीर्ष नेताहरुलाई हस्तान्तरण गरिदैछ ।
यसमा सहमति भएसँगै राप्रपा र जसपा सरकारमा जान तयार भएका छन् ।
यस अघि उनीहरुले विश्वासको मत नदिने हो कि भन्ने आशंका बढेको थियो ।
तर दुई दल तयार भएसँगै अब प्रधानमन्त्रीले २६ गते विस्वासको मत लिन सफल हुने भएका छन् ।
विश्वासको मतका लागि १३८ सांसदको साथ चाहिन्छ । त्यसका लागि एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२ र स्वतन्त्र २ गरी १५९ मत पुग्नेछ ।
जनमत र नागरिक उन्मुक्तिले समेत मत दिदा १६९ मत प्राप्त गर्नेछन् । त्यसै गरी एकीकृत समाजवादी भित्र समेत प्रचण्डलाई विस्वासको मत दिनु पर्ने बलियो धारणा रहेकाले सो दलको पनि पाँउदा प्रचण्डले १७९ मत पाउने संभावना देखिएको छ ।