पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिन नमान्दा काँग्रेसको हातबाट सबै गुम्यो

पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिन नमान्दा काँग्रेसको हातबाट सबै गुम्यो

  • आइतवार, पुस १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पुष १० काठमाण्डौँ । अन्तिम सम्म पनि प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन तयार नहुँदा र राष्ट्रपति समेत छाड्न नमान्दा अन्ततः नेपाली काँग्रेसको हातबाट सबै शक्ति गुम्ने देखिएको छ ।

बालुवाटारमा सहमति नहुना साथ बालकोट पुगेका प्रचण्डले एमाले सहित बैकल्पिक गठबन्धन बनाएर शक्ति बाँडफाँटमा नयाँ समझदारी बनाएसँगै काँग्रेस शक्ति विहीन हुने देखिएको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको हातबाट सबै गुमेको स्वीकार गरेका छन् ।

काँग्रेस भित्र प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन तयार नहुँदा अब देउवा दबाबमा आएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, जनमत पार्टी तयार भएसँगै प्रचण्डले लगभग आजै प्रधानमन्त्रीमा शपथ लिने छन् ।

यता एमालेले अब राष्ट्रपति पाउने भएको छ । एमालेले कसलाई राष्ट्रपति बनाउने भन्ने निश्चित नभए पनि राष्ट्रपति पाउने सहमति भएको छ । यसै गरी सबै जसो प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको सरकार बन्ने पनि निश्चित देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी