देउवालाई चुनौती दिएर प्रधानमन्त्री हुन खोजेका गगन थापालाई शेखर कोईराला नै पहिलो तगारो ?

देउवालाई चुनौती दिएर प्रधानमन्त्री हुन खोजेका गगन थापालाई शेखर कोईराला नै पहिलो तगारो ?

  • सोमवार, पुस ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पुष ४ काठमाण्डौँ । चुनावसँग सँगै जसो प्रधानमन्त्री बन्ने सार्वजनिक दावी गर्दै आएका काँग्रेस सांसद गगन थापालाई पहिलो तगारो आफ्नै समुहबाट पैदा भएको छ ।

उनले समर्थन गर्दै आएको कोईराला समुहबाट डा. शेखर कोईरालाले समेत संसदीय दलको नेतामा आफ्नो दावी रहेको भनेपछि थापा दबाबमा परेका हुन् ।

आज सो समुहको छलफलमा दुबैको तर्फबाट दावी रहेपछि सहमति हुन नसकेको सो समुहका नेताहरुको भनाई छ ।

त्यसै पनि सभापति देउवा एक पक्षीय रुपमै बहुमतमा रहेको अवस्थामा कोईराला र गगन समेत मिल्न नसक्ने हो भने गगन थापाको पहिला संसदीय दलको नेता चुनिने र त्यसपछि प्रधानमन्त्री बन्ने संभावना कम रहन्छ ।

यद्यपि, सांसदहरुको दबाबका कारण मिलेर नै जाने भन्दै भोली पनि सो समुहले छलफल गर्ने सहमति गरेको छ ।

काँग्रेस संसदीय दलको निर्वाचन आगामी बुधबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी