नेपालको दबाबका कारण पछि हट्यो भारत, महाकालीलाई पुरानै धारमा कायम राख्न सहमत

नेपालको दबाबका कारण पछि हट्यो भारत, महाकालीलाई पुरानै धारमा कायम राख्न सहमत

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

दार्चुला, २१ मंसिर । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ ।

आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए ।

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिबेश शासनीको उपस्तिथि रहेको थियो ।

यस अघि महाकालीमा एकतर्फी रुपमा भारतले बनाएको तटबन्धको बिरोध गर्दा भारतीय समुहले नेपालीहरुमाथि ढुंगा हानेको थियो । जसमा केही नेपाली घाईते भएका थिए ।

त्यसपछि बिरोध बढ्दै जाँदा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी