मंसीर १७ काठमाण्डौँ । निर्वाचन परिणाम अन्त्यतिर जाँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर मिलेर जाने विषयमा चासो राखे ।
लमजुगंमा पृथ्वी शुब्बा गुरुगंसँग पराजीत भएपछि माओवादी महासचिव देव गुरुगंले वाम एकताको पहल गरौँ भन्ने सन्देश उनले बिजेता प्रतिस्पर्धीलाई दिए ।
एमालेसँग गठबन्धन गरेर अघिल्लो निर्वाचनमा ३६ सिट प्रत्यक्षमा जितेको माओवादी यस पटक काँग्रेससँग गठबन्धन गर्दा लगभग आधामा खुम्चिएको छ अर्थात दोलखा जितेमा १८ सिट सहित अघिल्लोमा भन्दा आधा कम हुनेछ ।
औपचारीक रुपमा यही गठबन्धनमा रहने र प्रधानमन्त्रीमा दावी गर्दै गरेको माओवादीले आजबाट भने विकल्पहरु खुल्ला राख्ने निर्णय गरेको छ ।
यसको मतलव एमालेसँग सहकार्य र संभावित सरकार निर्माणबारे पार्टी भित्रबाट आवाज उठेको स्पष्ट हुन्छ ।
एमाले र माओवादीबीच मुख्य रुपमा मिल्दा पनि एकीकृत समाजवादी, जसपा, लोसपा , जनमत जस्ता अन्य शक्ति पनि मिल्नु पर्ने हुन्छ ।
त्यो स्थितिको समिक्षा गर्न एमाले र माओवादी नेतृत्व तयार हुँदै गरेको देखिनुले निकट भविष्यमा दुई प्रमुख वाम दल फेरी एक ठाँउमा उभिनु पर्ने दबाब बढेसँगै त्यो विकल्पले मूर्त रुप लिन पनि सक्ने एमाले र माओवादी नेताहरुको बुझाई बन्दै गएको छ ।
तर सके सम्म प्रधानमन्त्री शुरुमा पाएर आलोपालोमा सहमति भए यही गठबन्धनबाटै अघि बढ्ने माओवादी शीर्ष नेतृत्वको मनोविज्ञान देखिन्छ ।