मंसीर ९ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने बिरुद्ध नेपाली नागरिकता नलिई निर्वाचन लडेको भन्दै कार्बाहीका लागि गृह मन्त्रालयमा उजुरी परेको छ ।
समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलले विज्ञप्ति मार्फत लामिछानले नेपाली नागरिकता त्यागेर अमेरीकी नागरिकता लिएको र १२ वर्षपछि नेपाल फर्किएर त्यही पुरानो नागरिकता प्रयोग गरेको, नागरिकता लिने प्रकृया पूरा नगरेको भन्दै कार्बाहीका लागि निवेदन दिएको बताए ।
गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं। १९१ रहेको र सो शाखाबाट च।न। १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् ।
यस अघि निर्वाचन आयोगमा पनि रवी लामिछाने बिरुद्ध उजुरी परेपनि आयोगले कुनै निर्णय गर्न सकेको थिएन ।
सो उजुरीका बारेमा गृहसचिव स्तरबाट निर्णय हुने बताईएको छ ।