सूर्य चिन्ह लिँदा समेत नजितेपछि कमल थापाले केपी ओलीसँग सामाजिक सञ्जालबाटै मागे माफी !

सूर्य चिन्ह लिँदा समेत नजितेपछि कमल थापाले केपी ओलीसँग सामाजिक सञ्जालबाटै मागे माफी !

  • बिहिबार, मंसिर ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ८ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे ।

एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् ।

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहको अग्रता छ भने कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना०ले सिंहलाई पछ्याइरहँदा थापा तेस्रो स्थानमा देखिएका छन् ।

आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् ।

फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी