शाहरुखलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ

शाहरुखलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो ।

समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।

शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौं रुपैंयाँको घडी फेला पारेको थियो ।

यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा झोलाबाट विभिन्न महंगा ब्राण्डका घडी सँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैंयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो ।

त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैंयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पुरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छोडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी