संकट  बढ्दैछ एमाले महासचिव शंकर पोखरेलको, माओवादीकी रेखा शर्मा ईतिहास रच्ने दाउमा ?

संकट  बढ्दैछ एमाले महासचिव शंकर पोखरेलको, माओवादीकी रेखा शर्मा ईतिहास रच्ने दाउमा ?

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बुटवल, २३ कात्तिक । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिष्पर्धाले चुनावी माहोल तातेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचको प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेको हो ।

पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेल र माओवादीकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री शर्माबीचको प्रतिस्पर्धा देशभरी नै चर्चाको विषय बनेको छ । पोखरेलले प्रदेशको स्थायी राजधानी दाङ ल्याएको भन्दै जस लिन खोज्दैछन् भने शर्माले महिला नेतृ र सरकारमा रहँदा गरेका कामको मूल्यांकनका आधारमा मत मागिरहेकी छन् ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा आएको मतका आधारमा भने गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाका चार वडा देउखुरी १ मा पर्छ भने तुलसीपुर उपमहानगरका चार वडा यस क्षेत्रमा थपिएका छन् । साथै, सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाँभिन आउँछ ।

यस्तै, घोराही उपमहानगरमा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन् वडा नम्बर १, २, ३, र ५ । यी चारै वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेको गढ मानिने यी वडा यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ ।

यो क्षेत्रमा एमाले गठबन्धनभन्दा करिब ४५ सय मतले अघि थियो । स्थानीय तहमा एमालेको लागि हर्षको विषय बनेका वडा नम्बर १, २, ३ र ५ पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपि, पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो रु यो विषय रोचक छ ।

तुलसीपुरको मतले गठबन्धलाई बहुमत
जसरी घोराहीका चार वडा बाहिरिँदा त्यसको प्रत्यक्ष घाटा एमालेलाई पर्न सक्छ त्यसको ठिक विपरित यस निर्वाचन क्षेत्रमा गाँभिन आउने तुलसीपुर उपमहानगरपालिकाका चार वडाले गठबन्धलाई फाइदा पुर्‍याउँन सक्छ ।

तुल्सीपुरबाट यो क्षेत्रमा गाँभिन आउने वडाहरू १६, १७, १८, १९ हुन् । यी चारमध्ये दुई वडामा एमाले, एउटामा कांग्रेस र एउटामा माओवादीको उम्मेदवार विजायी भएका थिए । यसमा पनि वडा नम्बर १६ मा गठबन्धनमा कुरा नमिलेपछि एकल प्रतिस्पर्धा गर्दा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

यसको अर्थ यो हो कि अहिले यस वडामा रहेको कांग्रेसको मत र एकीकृत समाजवादीको मत पनि गठबन्धन थपिने हुँदा समग्रमा चार वडामा गठबन्धन करिब दुई हजार मतले अगाडि छ । तथ्यांकअनुसार यस क्षेत्रमा गठबन्धनको समग्र मत एमालेको भन्दा करिब ११ हजार बढी हुन आउने देखिन्छ ।

चुनाव परिणाममा निर्णायक बनाउने गाउँपालिका बंगलाचुली पनि हो । बंगलाचुली पनि यही निर्वाचन क्षेत्रमा पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका तुल्सीराम पुन सुवाष पाँच हजार सात सय ४९ मतका साथ विजयी भएका थिए । एमालेका भेषराज खत्रीले तीन हजार ६ सय ७८ मत मात्रै ल्याएका थिए।। यहाँ गठबन्धनको भोट एमालेको भन्दा दुई हजार ७१ बढी छ ।

यसरी हेर्दा एमाले महासचिव पोखरेल हेभिवेट भए पनि आउँदो निर्वाचनमा माओवादीकी रेखा शर्मा चुनौती बन्न सक्छिन । तथ्यांकको आधारले मात्र हेर्ने हो भने दाङ २ मा गठबन्धन करिब १५ हजार मतले अगाडि देखिन्छ । तर चुनाव भनेको अंक गणित मात्र होइन ुबीज गणितु पनि हो ।

स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी ३१ हजार सात सय २८ मतका साथ नगर प्रमुखमा विजयी भएका थिए भने कांग्रेस र माओवादीको गठबन्धनका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ ले २६ हजार तीन सय ६८ मत ल्याएका थिए । नरुलाल चौधरी र हेमराज शर्माको मतान्तर पाँच हजार तीन सय ६० थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी