कार्तिक १९ काठमाण्डौँ । भीम रावलको गृहप्रदेशमा पुगेर एमाले अध्यक्ष केपी ओलीले भीम रावलको बारेमा टिप्पणी गरेपछि रावल रिसाएका छन् । कन्चनपुरको सभालाई संवोधन गर्ने क्रममा ओलीले भीम रावलले ४८ सालदेखि मुख खाली नराखी खाएको खाएकै गरेको र बुढा पनि भएकोले के को चिन्ता भन्दै टिप्पणी गरेपछि रावलले आक्रोश पोखेका छन् ।
सुदुर पश्चिममा रावल कति छन् कति अरुलाई अघि बढाईन्छ के को भीम रावल भीम रावल भन्नु हुन्छ ? भन्दै ओलीले कार्यकर्तालाई भनेका थिए ।
ओलीको यो टिप्पणी पछि भीम रावलले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गर्दै ओलीभित्र क्रोध, बदला भाव निषेध हावी रहेको भन्दै पाँच प्रश्न अघि सारेका छन् ।
उनले ओलीलाई सोधेका छन् , १, मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ को लागि मुख किन वाउनु भएको त रु
२, म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटी सकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो रु म भन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?
३, हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरूलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?
४, ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राह्मण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नि नबनाउने त ?
५, पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दै गर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।
ओलीले सभालाई संवोधन गर्ने क्रममा ओलीको बिरोध गर्दै एमाले कार्यकर्ताले भीम रावल , भीम रावल भन्दै नारा लगाएका थिए ।
त्यो आक्रोश ओलीले कन्चनपुरको सभामा व्यक्त गरेका थिए । अछाममा भीम रावललाई टिकट नदिई बादल समुहबाट एमाले प्रवेश गरेका झपड बोहरालाई टिकट दिएपछि एमाले भित्र चरम असन्तुष्टी छ ।