महोत्तरीको हिन्दु -मुसलमान साम्प्रदायिक झडप: सबै जिम्मेवार बनौँ सद्भाव कायम राखौँ

महोत्तरीको हिन्दु -मुसलमान साम्प्रदायिक झडप: सबै जिम्मेवार बनौँ सद्भाव कायम राखौँ

  • शुक्रबार, कार्तिक ११, २०७९
  • दिपक चौरसिया

  • 15K
    SHARES

कार्तिक ११ बीरगञ्ज । महोत्तरीको भंगहा नगरपालिका–८ पररियामा दुई समुदायबीच झडप भएको छ । बिहीबार हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला मुस्लिम समुदायका व्यक्तिले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवका अनुसार बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राटका कार्यकर्ताले निकालेको शोभा यात्रा मुस्लिम वस्तीमा प्रवेश गरेपछि घरको छतबाट मुस्लिम समुदायले ढुंगामुडा प्रहार गरेपछि विवाद शुरु भएको हो ।

बिहान करिब १० बजेको समयमा हिन्दु सेना सम्राटले निकालेको शोभायात्रा वडा नम्बर ८ स्थित मुस्लिम बस्ती पररियामा पुगेपछि मुस्लिम समुदायले अचानक ढुंगामुडा गर्न थालेपछि दुई समुदायबिच झडप भएको थियो उनले भने, ‘झडपमा दुवै पक्षका दर्जनौं व्यक्ति घाइते समेत भएको छन ।’

मुस्लिम समुदायले प्रहार गरेको ढुंगामुढा लागि सुरक्षाकर्मीसमेत गरी झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउण्ड हवाई फायर गरेको थियो ।’ यसैबीच झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले भंगहा नगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । आदेशको उल्लंघन भएमा कानूनबमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी गराए अनुसार हाल अवस्था सामान्य भएको छ । उक्त स्थानमा ४ बजेदेखि कर्फ्यु लगाइएको उनले बताए ।

भंगहा नगरपालिका ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी गराए ।

नेपाल बहु भौगोलिक संरचना, बहु धार्मिक एवं जातिय भाषिक र बहु सांस्कृतिक मुलुक हो । हजारौँ वषदेखि सँगै बसेका यी तमाम समुदायमा रहेको सद्भाव उदाहरणीय रहँदै आएको छ ।

विश्वका विभिन्न भागमा देखिएका यस्ता सद्भाव विरोधी हिंसांका क्रियाकलापहरुबाट पाठ सिकौँ अविछिन्न रुपले एकतावद्ध रहेको समाजमा जातिय एवं धार्मिक हिंशाको विकल्प नखोजौँ । सद्भावपूर्ण व्यवहार र सहकार्य नै नेपाली समाजको बिशेषता हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी