तनहुँ छाडेर बारामा उठेका समाजवादीका किशान श्रेष्ठ घरदैलोमा व्यस्त, कस्तो छ चुनावी अभियान ?

तनहुँ छाडेर बारामा उठेका समाजवादीका किशान श्रेष्ठ घरदैलोमा व्यस्त, कस्तो छ चुनावी अभियान ?

  • बुधबार, कार्तिक ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बिरगंज ९ कार्तिक । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकै चरणमा हुन लागेको छ।

चुनावी चर्चाको बारेमा तयारी के कस्तो अवस्था जानकारी लिने क्रममा बारा क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी ) का गठबन्धनका साझा उमेदवार कृष्ण कुमार श्रेष्ठ( किसान ) ले प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका छन् । उनी अहिले आफ्नो क्षेत्रका जनता संग भोट माग्ने क्रममा घर दैलो अभियानमा व्यस्त रहेका छन। उनी गठबन्धनका साझा उम्मेद्धार हुन् । तनहुँमा रामचन्द्र पौडेलका लागि छाड्नु पर्ने भएपछि उनी बारा पुगेका हुन् ।

जनताको चाहना अनुसार आफुहरु विकास प्रेमी रहेकोले स्थिर सरकार ल्याउने र दिगो विकास आफुहरुको अपेक्षा रहेको बताए । उनले भने अहिले जनताहरु आफुहरुको पक्षमा रहेकोले विपक्षीहरुको होस् उडेको बताउदै हामी बामगठबन्धनको तर्फबाट क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सभा सदस्य र क बाट अनिल श्रेष्ठ रहेकोले चुनाव जित नजिक रहेको बताए ।

सतागठबन्धन र लोकतान्त्रिक समाजबादी पार्टी बीच तालमेल गरेर देशभर चुनावी अभियानमा लागेको श्रेष्ठले बताएका छन् । त्यसैगरी गठबन्धन बाट लोकतान्त्रिक सममजबादीको तर्फबाट क्षेत्र नम्बर ४ को ख प्रदेश सभा सदस्यका उमेदवार जितेन्द्र सोनल पनि आफ्नो क्षेत्रमा मतदाताहरु संग भेटघाट तथा छलफल जारी रहेको बताएका छन ।

उनले भने आफुहरु निर्वाचनले जारी गरेको आचारसंहिता पालना गदै घर दैलो अभियान अहिले खासै नगरेको तर घर घरमा पुगेर भेटघाट भने नियमित जारी रहेको बताए । हाम्रो गठबन्धन भनेको स्थिर सरकार ल्याउने र जनताको चाहना अनुसार विकास निर्माणका कामहरु ल्याउने तयारी रहेको बताए । उनले भने मतदाताहरु अहिले पनि अरुले भ्रम फैलाउने काम गरिरहेकोले भ्रमको पछाडि नलाग्न सोनले आग्रह गर्नु भएको छ। स्थाई सरकार हाम्रो चाहना हो त्यसैले बामगठबन्धन बनेको जिकिर गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी