यसपाली पनि चुनाव मेरो पक्षमा भएन भने म छुरा हान्न र गोली हान्न आफै फिल्डमा उत्रिन्छुः एमाले उम्मेद्धार भगवती चौधरीको धम्की

यसपाली पनि चुनाव मेरो पक्षमा भएन भने म छुरा हान्न र गोली हान्न आफै फिल्डमा उत्रिन्छुः एमाले उम्मेद्धार भगवती चौधरीको धम्की

  • शुक्रबार, कार्तिक ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

कार्तिक ४ ईटहरी । एमालेकी नेतृ एवं सुनसरी क्षेत्र नं ३ की उम्मेद्धार भगवती चौधरीले यस पालीको चुनावमा पनि परिणाम आफ्नो पक्षमा नआएमा सिधै गोली हान्न र छुरा हान्ने धम्की दिएकी छन् ।
काँग्रेसका बिजय कुमार गच्छेदारसँग तीन पटक लगातार पराजीत भएकी चौधरी चौथो पटक तिनै गच्छेदारसँग प्रतिस्पर्धामा छिन् ।
आज ईटहरीमा कार्यकर्ताहरुलाई संवोधन गर्दै चौधरीले परिणाममा तलमाथि भए आफैले गोली ठोक्ने धम्की दिएकी हुन् । ‘भोलिपर्सि त्यस्तो हुनसक्छ भने त्यसलाई गोली ठोक्नुपर्यो भने, छुरी हान्न परे पनि भगवती चौधरी तयार छु,’ उनले भनिन् ।

मर्ता क्या नहि कर्ता १ अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु, भगवती चौधरी म उम्मेदवार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुष्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु ।

यो अभिव्यक्तिलाई प्रशासनले गंभीरतापूर्वक लिएको र अध्ययन गर्ने र निर्वाचन आयोगलाई जानकारी गराएर छलफल गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलय स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी