ओलीलाई लक्षित गर्दै बाबुरामले भने, रायमाझी प्रवृतिकाहरुले सामन्तवादी शक्तिसँग मिलेर षड्यन्त्रको तानावाना बुनिरहेका छन्

ओलीलाई लक्षित गर्दै बाबुरामले भने, रायमाझी प्रवृतिकाहरुले सामन्तवादी शक्तिसँग मिलेर षड्यन्त्रको तानावाना बुनिरहेका छन्

  • शुक्रबार, कार्तिक ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

कार्तिक ४ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै केशरजंग रायमाझी प्रवृतिको भएको र सामन्तवादी शक्तिहरुसँग मिलेर प्रतिगमनको तानाबाना बुनिरहेको बताएका छन् ।

वाम गठबन्धनले आज राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले सात सालदेखि लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एकतावद्ध भएको र प्रतिगमनलाई परास्त गरेरै छाड्ने बताए ।
विगतमा आफूहरुको पनि केही कमजोरी रहेको भन्दै त्यसबाट सिक्दै अघि बढ्ने र अहिलेको स्थितिमा प्रचण्ड र आफूले नेतृत्व गरेको धार नै सही भएको बताए ।

भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए । उनले भने, ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरूको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरूको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरू भए । त्यसैलाई यो प्रतिगमन विरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी