चुनाव पछि म मन्त्री हुन्छु , सुदन किँरातीले ढुंगो उचाल्ने बाहेक केही गरेनन् : शेरधन राई ( भिडियो सहित )

चुनाव पछि म मन्त्री हुन्छु , सुदन किँरातीले ढुंगो उचाल्ने बाहेक केही गरेनन् : शेरधन राई ( भिडियो सहित )

  • मङ्लबार, कार्तिक १, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

भोजपुर १ कार्तिक । भोजपुरका एमाले उम्मेद्धार शेरधन राईले चुनावपछि आफू मन्त्री हुने भन्दै मतदाता रिझाउन थालेका छन् । आज भोजपुरको षडानन्द नगरपालिकाको बोयामा आयोजित एक कार्यक्रममा चुनाव जितेपछि आफू सांसद मात्र हैन मन्त्री नै बन्ने दावी गरे ।

सांसदको हैसियत माग्ने जस्तो मात्र भएको भन्दै संसदमा जाने निदाउने, उघ्ने र भत्ता पचाउने मात्र काम हुने भन्दै मन्त्री भएपछि मात्रै केही गर्न सकिने बताए ।

उनले गठबन्धनका तर्फबाट प्रतिस्पर्धी रहेका माओवादी केन्द्रका उम्मेद्धार सुनद किराँतीले दश बर्षमा केही गर्न नसकेको भन्दै कटाक्ष गरे ।
जिल्ला डुल्ने, ढुंगा उचाल्ने, बोरा उचालेको फोटो खिचेर फेसबुकमा हाल्ने बाहेक १० वर्षमा भोजपुरका जनताले के पाए सुदनबाट भन्दै बिरोध गरे ।

त्यसो त शेरधन राई ५६ सालदेखि पटक पटक सांसद मन्त्री, मुख्यमन्त्री हुँदा समेत काम हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी