कार्तिक १ काठमाण्डौँ । गुल्मीमा गठबन्धनको तर्फबाट उम्मेद्धारी दिएकी रामकुमारी झाँक्रीलाई बागी फिर्ता भएपछि केही सहज भएको छ ।
गुल्मी क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए ।
भुषालको उम्मेद्धारी फिर्ता भएसँगै आफ्नो र गठबन्धनका सबै उम्मेद्धारको जीत सुनिश्चित भएको झाँक्रीले बताईन् ।
झाँक्रीको अबको चूनौती एमालेका गाकर्ण विष्ट रहेका छन् । विष्ट यस अघि निर्वाचित सांसद हुन् ।
गुल्मीमा दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेश क्षेत्र रहेका छन् । अब गठबन्धनले ६ वटै क्षेत्रमा जीत्ने दावी नेताहरुको छ ।