मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता/अभिनेत्री

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता/अभिनेत्री

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन । बलिउडका यि कलाबार बारे जानाै जाे पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् ।

रणवीर कपुर

रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी पूर्ण रुपमा शाकाहारी बनेका छन् । हालका दिनमा उनी वीगन डाइटमा छन् ।

भूमि पेडनेकर

कोरोनाको लकडाउन अघिसम्म अभिनेत्री भूमि मांसाहारी थिइन् । तर, कोरोनालगत्तैको लकडाउनले उनलाई शाकाहारी बनाइदियो । घरमै बस्नुपर्ने भएका कारण उनले आफूलाई पूर्ण रुपमा शाकाहारी बनाइन् । शाकाहारी बनेपछि शरीरमा आएको परिवर्तनप्रति उनी खुशी छिन् ।

रितेश देशमुख

रितेशले दुई वर्षअघि मात्र ननभेज त्यागेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले गरेको निर्णय फ्यानलाई जानकारी दिएका थिए । उनी अहिले शाकाहारी जीवनशैलीमा रमाइरहेका छन् ।

शिल्पा सेठ्ठी

आफ्नो फिटनेसका लागि चिनिएकी शिल्पाले सन् २०२० मा मांसाहारी भोजनबाट सन्यास लिइन् । फिटनेसकै कारण उनले शाकाहारी भोजनलाई अपनाइन् ।

जोन अब्राहम

जोनले कैयौं वर्षअघि मांसाहारी परिकारबाट आफूलाई अलग्गै राखेका छन् । उनले बलिउडमा पाइला चाल्नुअघि नै मांसाहारी परिकारलाई त्यागेर शाकाहारी भोजन अपनाइसकेका थिए ।

कंगना रनावत

कंगना मुम्बई आउनुअघि मांसाहारी थिइन् । तर मुम्बई आएपछि उनी पूर्ण रुपमा शाकाहारी बनिन् ।

आलिया भट्ट

आलियाले सन् २०२० देखि मांसाहारी भोजन त्यागिन् । मांसाहारी भोजनको शौखिन उनले मांसाहारी परिकार त्याग्दा सबैजना चकित परेका थिए । तर अहिले भने उनको यो निर्णयले परिवार खुशी छन् ।

शाहिद कपुर

शाहिद कुनै बेला मांसाहारी भोजनको शौखिन थिए । तर, पिता पंकज कपूरले दिएको एक पुस्तक पढेपछि उनी पूर्ण रुपमा शाकाहारी बने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी