फ्राइडे फिल्म : हलमा ‘बाबरी’

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

  • शुक्रबार, अशोज १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गर्नुभएको छ ।

पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ । विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ । दुवैबीच सामीप्यता भने नेपालमा बढ्छ । रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्नुहुन्छ । पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ । विजेता र विक्रान्त बच्चा देखिकै साथी हुन्छन् ।

विक्रान्तले विजेतालाई माया गर्नुहुन्छ । यद्यपि विजेता भने रोनिसको पर्खाइमा हुनहुन्छ । घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किनुहुन्छ । आफूले माया गरेको विजेता अरु कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो । विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्नु हुन्छ ? जिद्दी विक्रान्तले विजेतालाई सहजै छाड्नुहुन्छ ? विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई रोज्नुहुन्छ ? यी तथ्य थाहापाउन हलसम्म पुग्नुपर्छ ।

डेब्यु अभिनेता धीरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुनहुन्छ । “मेरो लागि यो खास छ । आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु । मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु”, अभिनेता नाडकरले भन्नुभयो ।

शीर्ष भूमिका निर्वाह गर्नुभएकी अदितीले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “छोरी विवाहको लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ । हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु ।”

अभिनेता धीरज मगरले निर्वाह गर्नुभएको ‘सानो राजा साहेब’ को पात्र पुर्व युवराज पारस शाहसँग केही मिल्दो छ । “मैले केही गुण उहाँको अपनाएको छु । लेटाङ पुगेर छायाङ्कन अगाडि स्थानीय युवालाई समेत बुझेर चरित्रमा ल्याएको छु”, अभिनेता मगरले भन्नुभयो । बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठले पनि फिल्ममा अभिनय गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी