शेखर समुह देउवा विरुद्ध श्रुखलावद्ध रुपमा किन आक्रामक बन्दैछ ?

शेखर समुह देउवा विरुद्ध श्रुखलावद्ध रुपमा किन आक्रामक बन्दैछ ?

  • आइतवार, अशोज ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

असोज ९ काठमाण्डौँ । नेपाली काँग्रेस भित्र सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा बिरुद्ध शेखर कोईराला समुह आक्रामक रुपमा प्रस्तुत भएको छ । उनीहरुले शनिबार खबरदारी सभा नै आयोजना गरी समानुपातिक सांसदको सूचीमा एकलौटी गरेको, टिकट वितरणमा एकलौटी गरेको भन्दै आक्रोश पोखे ।

यस अघि महाधिवेशनमा सभापतिमा पराजीत भएका कोईरालाले आफ्नो समुहलाई हरेक बखत हिस्सा चाहिने चेतावनी देउवालाई दिँदै आएका थिए ।

शेखर समुहले पार्टी भित्र ४० प्रतिशत हिस्सा आफूहरुलाई चाहिने माग गरेका छन् । असोज ३ मा बुझाईएको समानुपातिक सूची सच्याएर ४० प्रतिशत हिस्सा आफूहरुको पक्षमा हुनु पर्ने उनीहरुको खुल्ला चेतावनी छ ।

त्यसो नभए १६ असोज पछि धर्ना अनसन हुँदै चुनाव बहिष्कार सम्मको चेतावनी दिएका छन् । नेता गुरु घिमिरेले आफूहरुको माग अनुसार भाग नपाए आफ्नो समुहको नेताले चुनाव नलड्ने विद्रोह गर्ने तर रुखमा भोट हाल्न भने अपील गर्ने बताए ।

शेखर कोईराला सँगै जोडिएका गगन थापा पनि केही समय यता गठबन्धनको बैठकमा गएका छैनन् । थापाको त्यो व्यवहार , कोईराला समुहको चेतावनीले गठबन्धनलाई असर गर्न सक्ने भन्दै प्रचण्डले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

काँग्रेस भित्रको यो असन्तुष्टीले स्पष्ट फाईदा पुग्ने बुझाईमा एमाले छ । एमाले अध्यक्ष ओलीले केही समय अघि शेखर कोईरालासँग छलफल समेत गरेका थिए ।

शेखर समुहको श्रृखलावद्ध विद्रोहबाट पनि सभापति देउवा भने आत्तिएका छैनन् । स्रोतका अनुसार देउवा पार्टी भित्र केन्द्रीय समितिको स्पष्ट बहुमतको साथ रहेकाले पनि डराएका छैनन् ।

देउवा निकट स्रोतका अनुसार समानुपातिक सूची बुझाउनु अघि यति प्रतिशत हिस्सा चाहिन्छ भनेर माग नगरेको शेखर समुह किन पछि आएर त्यो हिस्सा माग्दैछ ? भन्ने प्रश्न उठेको छ । शेखर समुहले चेतावनी दिए पनि त्यो पार्टी नै फुटाउने खालको हर्कत गर्न नसक्नेमा देउवा पक्ष ढुक्क देखिन्छ । जसका कारण शेखर समुहले चुनावमा केही असहयोगको वातावरण बनाए आशिंंश क्षति भए पनि मुलभुत रुपमा प्रभाव नपर्ने बझाई देउवा पक्षले बनाएको छ । तर पार्टी सभापतिको हैसियतले सबैलाई सम्झाउने प्रयासमा भने देउवा लागि पर्ने एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी