मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने

मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने

  • बुधबार, भदौ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २९ भदौ । थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टुरिजम’ मा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन् ।

‘मिसेस टुरिजम’ को लागि नेपाली आधिकारी संस्था इ प्लानेटले काठमाडौंमा एक कार्यक्रमकाबीच तुलाधरलाई ‘मिसेन टुरिजम नेपाल २०२२’ को क्राउन पहिर्‍याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

तुलाधरलाई सन् २०१९ की ‘मिसेस युनिभर्स नेपाल’ अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफुलाई जिम्मबेवारी थपिएको महसुस भएको बताइन् ।

उनी सेप्टेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन् । विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उदेश्यका साथ ‘मिसेस टुरिजम’ को फ्रेन्चाई नेपालमा भित्र्याएको आयोजक ई प्लानेट नेपालका सन्तोष सापकोटाले बताए । ग्रिन आर्टस मिडियाले म्यानेजमेन्ट गरेको प्रतियोगितामा नेपा डान्स एकडेमीको सहयोग रहेको थियो ।

क्राउनिङ कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महरजन (इन्टरनेसन डान्स कोरियाग्राफर), मिसेस परी परिन्दा श्रेष्ठ (मिसेस हेरिटेज नेपाल २०२२), प्रविन लाकौल  (सिईओ–ग्रिन आट्स मिडिया) लगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी