भीम अस्पतालको अध्यक्षमा भण्डारीले गरे पुनः पदबहाली

भीम अस्पतालको अध्यक्षमा भण्डारीले गरे पुनः पदबहाली

  • बिहिबार, भदौ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भैरहवा, १६ भदाै । भीम अस्पताल विकास समितिको अध्यक्षमा नारायणप्रसाद भण्डारीले पुनः  पदबहाली गरेका छन् । लुम्बिनी प्रदेश सरकारले कार्याकाल पूरा नहुँदै पदमुक्त गरेका भण्डारीले बुधबार अध्यक्षमा पुनः बहाली गरेका हुन् ।

भण्डारीलाई गत १२ असारमा सर्वोच्च अदालतले पुनर्वहाली गरको थियो । तर,  प्रदेश सरकारले उक्त आदेशलाई बेवास्ता गर्दै आएको थियो । तीन वर्षका लागि अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका भण्डारीलाई हटाएर प्रदेश सरकारले २३ फागुन ०७८ मा कुलप्रसाद न्यौपानेलाई नियुक्त गरेको थियो । भण्डारी पुनः सर्वोच्च अदालत पुगेका थिए । अदालतको आदेशले पुनः अध्यक्षमा बहाली भएका हुन् ।

आठ महिना काम गरेपछि सरकारले भण्डारीलाई अध्यक्षबाट हटाएको थियो । अदालतले भण्डारीलाई अध्यक्षमा बहाली गरेपछि न्यौपानेले बुधबार पद छाडेका थिए । पद बहालीसँगै उनले कामकाज सुरु गरेका छन् । पदबहाली गर्ने क्रममा अध्यक्ष भण्डारीले आफू अस्पताल व्यवस्थित गर्न सफल भएको बताएका थिए । सुरुवाती कामलाई निरन्तरता दिँदै अबको २० महिना सबैसँग मिलेर अस्पतालका समस्या समाधान गर्ने र अझै उत्कृष्ट बनाएर लैजाने प्रतिबद्धता जनाए ।

अस्पतालकी मेसु डा. शकुन्तला गुप्ताले विकास समितिसँग मिलेर अस्पताल सुधार र गुणस्तरीय सेवाका लागि काम गर्ने बताइन् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी