भदौ १० धरान । माओवादी अध्यक्ष प्रचण्डले धरानका स्वतन्त्र मेयर हर्क सामपाङको निम्तो स्वीकार गर्दै आज धरान पुगेर बृक्ष रोपणमा सहभागी भएका छन् ।
आज बिहान बिराटनगर हुँदै धरान पुगेर सर्दुखोलामा बृक्ष रोपण गरेपछि प्रचण्डलाई धरानका मेयरले धन्यवाद दिएका थिए । धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै प्रचण्डले हर्कको कामलाई देशले नै गंभीर बनेर हेरिरहेको भन्दै माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए । प्रचण्डले पार्टी कार्यकर्ता र सर्वसाधारण जनतालाई पनि हर्कको श्रम गर्ने आचरणबाट सिकेर अघि बढ्न अपील गरे ।
यो वृक्षरोपण जेबी टुहुरेको स्मृतिमा आफूले समर्पित गर्ने पनि प्रचण्डले घोषणा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline