प्रचण्ड र माधव नेपालको सुरः निर्वाचनपछि पार्टी एकता गर्ने र एमाले भन्दा ठूलो पार्टी बनाउने !

प्रचण्ड र माधव नेपालको सुरः निर्वाचनपछि पार्टी एकता गर्ने र एमाले भन्दा ठूलो पार्टी बनाउने !

  • मङ्लबार, भदौ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भदौ ७ काठमाण्डौँ । पछिल्लो समय राजनीतिक वृतमा सत्तारुढ गठबन्धन भित्र पनि वाममोर्चा र उपगठबन्धन निर्माणले तिव्रता पाएको छ । यसको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गरीरहेका छन् ।

शुरुमा जसपाबाट अलग्गिएका बाबुराम भट्टराई र एमालेबाट अलग्गिएका वामदेव गौतमलाई आफ्नै पार्टीको चुनाव चिन्हमा निर्वाचन लडाउने र साझा घोषणा पत्रमा सहमति गराएका प्रचण्डकै प्रस्ताव अनुसार अब एमालेबाट अलग भएको एकीकृत समाजवादी पनि माओवादीसँग एकताका लागि तम्तयार भएको छ । अहिले एउटै साझा घोषणा पत्र बनाएर निर्वाचनमा कार्यगत एकता गर्ने र चुनाव लगत्तै पार्टी एकता हुने सो पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

तात्कालीन नेकपा भित्र अन्तरविरोध पर्दा पनि ओली बिरुद्ध प्रचण्ड र माधव नेपालले नै मोर्चाबन्दी गरेर लडेका थिए । तर अदालतले पुरानै पार्टी ब्युताएपछि माधव नेपाल एमालेमा फर्किएका थिए । तर ओलीले अत्याचार गरेको भन्दै उनले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।

यस अघि देखि नै प्रचण्डले काँग्रेसलाई समेत चेतावनी दिँदै माओवादीलाई दोस्रो शक्ति बन्न सहयोग गर्नु पर्ने भन्दै आएका थिए । प्रचण्ड जसरी पनि आगामी निर्वाचनमा एमाले भन्दा ठूलो पार्टी बनाउन चाहन्छन् आफ्नो पार्टीलाई ।

उनी आगामी निर्वाचन पछि प्रधानमन्त्री बन्ने समेत योजनामा छन् । त्यो लक्ष्य भेद गर्न उनी अहिले माओवादी एकीकृत समाजवादी सहित अन्य आउन सक्ने साना वामपन्थी शक्तिहरु सबैलाई एक ठाँउमा ल्याएर बलियो पार्टी बनाउने ध्यानमा जुटेका छन् ।

त्यसरी एमाले बाहेकका वामपन्थीहरुलाई समेट्दा कम्युनिष्ट पार्टी भित्र एमाले भन्दा ठूलो बनाउन सकिने प्रचण्डको आंंकलन छ । एमाले पनि राप्रपा सहित विभिन्न शक्तिसँग अनौपचारीक रुपमा तालमेल गरेर अघि बढ्ने तयारी गरीरहेको छ ।
एमाले पनि बहुमत ल्याएर सरकार बनाउने सार्वजनिक घोषणा गर्न पछि परेको छैन ।

यस्तोमा को कति सफल हुने हुन् त्यो आगामी निर्वाचनपछि स्पष्ट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी