महेन्द्रनगर मावि  स्कुलमा यसै बर्षदेखि सिभिल ईन्जिनियरिङ्गको पढाई हुने

महेन्द्रनगर मावि  स्कुलमा यसै बर्षदेखि सिभिल ईन्जिनियरिङ्गको पढाई हुने

  • बिहिबार, साउन २६, २०७९
  • डम्मर दत्त भट्ट

  • 11.6K
    SHARES

कञ्चनपुर, साउन २६ ।
कञ्चनपुरको चर्चित महेन्द्रनगर माध्यामिक विद्यालय९साधारण० स्कुलमा यसै बर्षदेखि सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको छ । चालु शैक्षिक सत्र ०७९ देखि नै महेन्द्रनगर मावि साधारणमा प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको हो ।
महेन्द्रनगर माध्यामिक विद्यालय ९साधारण स्कुल० विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदले प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको कक्षा संचालनका लागि अनुमती दिएको बताए ।
‘सिटिभिटीले प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गका कक्षा संचालनका लागि ०७९ साउन २६ मा अनुमती दिईसकेको छ, ‘अध्यक्ष विष्टले भने, ‘अब कक्षा संचालन पनि यसै बर्षदेखि हुन्छन ।’ विद्यालयका प्रअ ललित सिह साउदले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदबाट विद्यालयलाई प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको कक्षा संचालनका लागि अनुमती दिएसंगै पठन पाठनका आवश्यक काम अघि बढाईने बताए ।
प्राविधिक धार तर्फ यस अघि विद्यालयले आईएस्सी एजी, डिप्लोमा ईन्जिनियरका कक्षा संचालन गर्दै आएको छ । विद्यालयका सहायक प्रअ सरस्वती भाट ९धामी०ले पछिल्ला बर्षहरुमा विद्यालयले समय सापेक्ष प्राविधिक शिक्षाका कार्यक्रम अघि बढाएको बताए । कञ्चनपुर मात्र नभई सुदूरपश्चिम प्रदेशमै बढि विद्यार्थीदेखि प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको विद्यालय विद्यार्थीको रोजाईको केन्द्र बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी