जापान पुगे प्रचण्ड, नागरिकता ऐनले एनआरएनएको हितमा रहेको भनाई

जापान पुगे प्रचण्ड, नागरिकता ऐनले एनआरएनएको हितमा रहेको भनाई

  • शनिबार, साउन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

साउन २१ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । उनी गएराति जापान प्रस्थान गरेका थिए ।
जापान पुगेर नेपाली समुदायसँगको छलफलमा प्रचण्डले हालै संसदबाट जारी भएको नागरिकता विधेयकले एनआरएनएको पनि हित गर्ने बताए ।

प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो ।

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए ।
सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो ।

नेतृत्वले इमान्दार प्रयास गर्यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी