समुद्रती तटमा खिचिएका तस्बीर थाहा नदिई विज्ञापन बनाइएपछि….

समुद्रती तटमा खिचिएका तस्बीर थाहा नदिई विज्ञापन बनाइएपछि….

  • आइतवार, साउन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

म्याड्रिड ,स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो ।

तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताइन् । आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उनी दोस्रो महिला हुन् ।

यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बीर स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताएकी थिइन् ।

‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँच जना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ ।
ग्रीन–लर्ड तस्बीरको तल बायाँ देखिन्छिन् ।

आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटा सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उनले बताएकी छिन् । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उनको गुनासो छ ।

सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उनका खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उनी म्यानहटनमा एक साथीसँग हिँडिरहेकी थिइन् ।

यसैबीच, अनुमति बिना तस्बीर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी मागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी