इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ८ साउन । संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं इशान बशन्त र मोडल कस्मिता भण्डारीको अभिनय हेर्न सकिन्छ । दिपेन बस्नेतको छायांकनमा तयार पारिएको म्युजिक भिडियोका प्रोड्युसर पञ्चमान महर्जन र को–प्रोड्युसर बिनिता तामाङ हुन् । श्यामकृष्ण महर्जन (शुसान्त घायल)को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ ।

ए लेभेल स्टुडियो पुतली सडकमा रेकर्ड गरिएको गीतको म्यूजिक एरेञ्जर सञ्जय हमाल, मिक्स/मास्टर गोबिन्द सोनी र रेकर्डिस्ट सुवास कुथुमे राई हुन् ।

संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी