विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

  • आइतवार, जेष्ठ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ ।

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पु¥याउँछ नै, नेपाली कला, संस्कृतिलाई समेत प्रवद्र्धन गर्छ,’ केसीले भने, ‘हामीले कोरोना महामारीपश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ ।’

उनले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ–नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेको बताए । ‘हामीकहाँ के कस्ता फिल्महरु बनिरहेका छन् । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ,’ उनले भने ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ ।

आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको जनाएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका, तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए ।

कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए । ‘हामीले नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनुपर्छ,’ शाहले भने । उनले मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशी भूमिमा पुर्‍याएको स्मरणसमेत गरे ।

अभिनेत्री करिश्मा मानन्धरले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन् । अभिनेता सरोज खनालले आफूले नेपाली फिल्म प्रवद्र्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।

अभिनेत्री निरुता सिंहले आफू नेपाली फिल्मको प्रवद्र्धनका निम्ति सदैव साथमै रहेको बताइन् । मुम्बईबाट नेपाल आइपुगेकी निरुताले अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नुपर्ने बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी