साउथ फिल्मका अभिनेता महेश बाबुले अब बलिउड फिल्म नखेल्ने

साउथ फिल्मका अभिनेता महेश बाबुले अब बलिउड फिल्म नखेल्ने

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी, २८ बैशाख । साउथका फिल्मका अभिनेता ह्याण्डसम एण्ड चकलेट ब्वाई महेश बाबुले अबदेखि बलिउड फिल्म नखेल्ने घोषणा गरेका छन् ।

उनले बलिउड फिल्मले आफूलाई धान्न नसक्ने बताउँदै बलिउडमा काम नगर्ने बताएका हुन् । साउथ फिल्मको सफलता बढेसँगै बलिउड र साउथबीचको प्रतिस्प्रर्धा पनि चर्किएको छ । बलिउडका भन्दा साउथको फिल्महरू विश्वव्यापी रुपमा भव्य प्रर्दशर्नीमा आउने गर्दछन् ।

उनले सोमबार फिल्म ‘सरकारु वारी पाता’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने उनले बताएका छन् ।

उनी आफूलाई बलिउड फिल्मबाट धेरै अफर नआउने र बलिउड फिल्मले आफुलाई लिन नसक्ने बताउँछन् । ‘म बलिउडमा काम गर्न चाहन्न । जो मलाई धान्न सक्दैनन्,’ उनले भनेका छन्, ‘यहाँ मैले राम्रो स्टारडम र सम्मान पाएको छु । यदि महेश बाबुले बलिउडमा डेब्यू गरे पनि फिल्म चलेन । फिल्म फ्लप भयो भने यति ठूलो सुपरस्टारको स्टारडममा असर पर्ने निश्चित छ ।’

महेश बाबुमा चकलेटी हिरोको छविले चिनिने गर्दछन् । यस्तो अवस्थामा उनी एक्सन अवतारमा, फिक्का पर्ने सम्भावना देखिन्छ । महेश बाबु अभिनयमा साउथका अन्य स्टारभन्दा अलि कम छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी