युक्रेनलाई युद्धमा होमेर रमिता हेर्दै पश्चिमाहरु, आँशु झार्दै कराउदै जेलेन्सकी !

युक्रेनलाई युद्धमा होमेर रमिता हेर्दै पश्चिमाहरु, आँशु झार्दै कराउदै जेलेन्सकी !

  • शनिबार, फाल्गुन २१, २०७८
  • -प्रज्वल श्रेष्ठ

  • 21.8K
    SHARES

एजेन्सीको सहयोगमा । युक्रेन पूर्व सोभियत संघ सदस्य राष्ट्र थियो । उसको भोषा संस्कृति र ईतिहास रुससँग हजारौँ वर्षदेखि अभिन्न थियो । अहिले युक्रेन खास गरी त्यसका शासकहरु युरोप अमेरीकातिर नजिकिन थाले ।
८ लाख बर्ग किलो मिटर क्षेत्रफल र ४ करोड बढी जनसंख्या भएको यो मुलुक युरोपेली युनियन र नेटो सदसय राष्ट्र बन्न चाहन्थ्यो । त्यो अभियानमा सबै भन्दा आक्रामक थिए कमेडियनबाट अप्रत्यासित रुपमा राष्ट्रपति बनेका भोलोदिमोर जेलेन्सकी ।
कुटनीतिक रुपमा फितलो देखिएका जेलेन्सकीको हरेक संवोधनमा आजभोली आखाँबाट आँशु झर्छ । किन भने उनले युद्ध हुनु अघि यो आस्वासन पाईरहेका थिए कि यदी युक्रेनमा रुसले हमला गर्यो भने अमेरीका , बेलायत जस्ता शक्तिशाली देश सम्मिलित नेटोले साथ दिन्छ । तर अहिले वासिंग्टनबाट बाईडेन रमिता हेरिरहेका छन् बरु जेलेन्सकीलाई उद्धार गर्ने आस्वासन दिइरहेका छन् तर सेना पठाउन तयार छैनन् । नेटो पनि यही अडानमा छ । रुसले निरन्तर बमबारी गरेर युक्रेनका किल्लाहरु खरानी बनाईरहेको छ । लण्डनदेखि वासिंग्टन सम्मले आर्थिृक प्रतिवन्ध मात्र लगाईरहेका छन् ।
आर्थिक प्रतिवन्ध भित्र पनि युरोपलाई चाहिने अत्यावस्यक प्राकृतिक ग्यासको आपुर्ति भने युरोपले रुसबाट लिइरहेको छ । यो प्रतिवन्धले केही आर्थिक नोक्सानी भए पनि ठूलो मार रुसलाई परेको देखिदैन ।
जेलेन्सकीले लड्नका लागि सेना पठाउ भने , नेटो र अमेरीकाले भन्यो अँह , त्यसो भयो भने रुससँग युद्ध शुरु हुन्छ र त्यो विश्व युद्ध हुन्छ त्यसो गर्न सकिदैन ।
फेरी जेलेन्सकीले भने अमेरीका र नेटोले युक्रेनको आकाशलाई नो फ्लाई जोन घोषणा गरोस् ताकि रुसी सेनाले हवाई हमला गर्न नसकोस् । फेरी नेटो र अमेरीकाले जवाफ दियो त्यो भनेको हाम्रो सिधा रुससँग युद्ध हुन्छ त्यसो पनि गर्न सकिदैन । यति जवाफ पाएपछि कमेडियन प्रवृतिका जेलेन्सकीले बंकरमा बसेर हो या पोल्याण्डको दुतावासमा शरण लिएर हो भनिरहे नेटो र अमेरीका डरायो, हामीलाई युद्धमा एक्लै पारियो । उनको भाषण सुनेर युरोपेली नेताहरु उठेर ताली बजाउछन् तर उनलाई संकट परेको बेला समाधानका लागि युद्ध सहयोगी बन्ने वा शान्तिवार्ता गराउने कुनै पहल लिदैनन् । लडिराख , मर्दै जाउ , हामी हतियार दिँदै जाँउला । पश्चिमाहरुले जेलेन्सकीलाई दिएको स्पष्ट सन्देश यही हो ।
बरु पश्चिमाहरुले सिरीयामा अमेरीकी क्याम्पमा तालिम गरेका खतरनाक आतंकवादी, लुटेर, किलर , भिजिलान्तेहरुलाई युक्रेन पठाँउदैछ । उनीहरु युद्धमा उत्पात मच्चाउन र लुटपाट गर्न खप्पिस छन् । यस्तो समुहले नरसंहार गर्ने र लुटपाट गर्ने खतरा बढी हुन्छ यस्तो संख्या १६ देखि २० हजार सम्म आउने क्रममा रहेको जेलेन्सकीले नै स्वीकारेका छन् ।
उनको यो भावुकताले अमेरीकी शासकलाई असर पर्ने छैन , युरोपेली शासकलाइ असर पर्ने छैन । उनीहरु आँशुमा हैन , उनीहरु नाफा र स्वार्थमा विस्वास गर्दछन् ।
युक्रेन तेलको भण्डार भएको भए ईराक मोडलमा अमेरीकी सेना जान सक्थ्यो । किन भने अमेरीका संसारको तेल भण्डार पहुँचमा लिन चाहन्छ । युक्रेनमा पेट्रोलियम पदार्थको ठूलो भण्डार छैन । त्यसो भएपछि आफना सेनालाई मर्न बाईडेनले किन पठाउथे ? युरोपले रुसबाट पाउनु पर्ने ग्यास पाईरहेको छ , यदी युद्धमा तत्काल जाँदा एकातिर ग्यास आपुर्ति रोकिन्छ भने अर्कोतिर कुनै पनि बेला रुसले एटम बम हान्यो भने पुरै युरोप खरानी हुन सक्छ । शान्त र सुन्दर जीवन बाँचिरहेका युरोपेली शासक यो परिणामका लागि पनि तयार छैनन् ।
बरु उनीहरु रुस र युक्रेनको लँडाई होस् युक्रेन खरानी भए होस् तर रुस पनि कमजोर होस् , उथलपुथल होस् भन्ने चाहीरहेका छन् ।
त्यसैका लागि यो युद्धमा उसले रुसी सम्पत्ति जफत गर्ने, कार्गो सिप कब्जा गर्ने , आर्थिक मात्रै हैन खेलकुद , कुटनीतिज्ञ, मिडियामाथि प्रतिवन्ध लगाएको छ । अहिले युरोपमा रुसी सञ्चारमाध्यमहरु प्रतिवन्धित छन् । उनीहरु युक्रेनमा रुसी आक्रमणको अमानवीयताको प्रचार प्रसार गरीरहेका छन् । फ्याक्ट चेकले के देखायो भने केही पश्चिमा प्रख्यात मिडियाले रुसले बम हानेर बालबालिका घाईते भएको भन्दै हालिएको भिडियो र तस्वीर सिरियाको थियो । यी सबै विधिबाट रुस उथलपुथल हुन्छ भन्ने पश्चिमाहरुको बुझाई छ ।
अतः जेलेन्सकीको आँखामा आशु हुनु वा ओठमा मुस्कान हुनुले पश्चिमाहरुलाई फरक पर्ने छैन । उनीहरुको नियमित हित सुरक्षित छ । उनीहरुले रुस युक्रेनलाई युद्धमा हालेर पहाडको टुप्पोमा बसेर रमिता हेरिरहेका छन् । उनीहरुले रुस युक्रेनलाई वार्ता गर्न र आपसी समस्याको समाधान गर्न जोड दिईरहेका छैनन् । उनीहरुले बरु हतियार र सैन्य उपकरणहरु दिईरहेका छन् । यसको मतलव युक्रेनमा उनीहरु थप लँडाई र क्षत विक्षत हेर्न उनीहरु आतुर छन् ।

अब युक्रेन नेटो सदस्य बन्यो र उसको सैन्य बेसक्याम्प र परमाणु हतियार त्याहाँ राखियो भने रुसका लागि घातक सुरक्षा चुनौती हुन्छ भन्ने रुसको बुझाई थियो । शीत युद्धका बेला रुसलाई लक्षित गरेर बनाईएको नेटो सोभियत संघको विघटनपछि विस्तार नगर्ने सम्झौता विपरीत पश्चिमाहरुले त्यसलाई बढाँउदै लगे । उनीहरुले रुसका छिमेकी पोल्याण्ड, रुमानिया जस्ता देशलाई समेटिसकेका छन् । युरोपेली युनियन सदस्य बनाउने र नेटो सदस्य बनाउने आस्वासन पनि दिईए पनि जेलेन्सकीको त्यो निवेदन पनि अहिले पश्चिमाहरुले सुनिरहेका छैनन् ।
रुसको अर्को प्रश्न छ , डोनबास क्षेत्रमा सन् २०१४ यता युक्रेनका नवनाजीवादी शासकले दमन गरे बच्चा बच्ची, महिला सहित १४ हजार आफ्नै नागरिकको हत्या गरे । तर किन मानवअधिकारका हिमायती पश्चिमाहरुले बोलेनन् ? यो अत्याचारका कारण उसले सो क्षेत्रलाई अलग अलग राज्यको मान्यता थियो । जुन १८ हजार बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र ६१ लाख जनसंख्या मध्य ८० प्रतिशत रुसी भाषी छन् । युक्रेनकै भूमिबाट सो क्षेत्रका हजारौँ मिलिसिया रुसी सेनासँगै युक्रेनका शासक बिरुद्ध बन्दुक लिएर लडिरहेका छन् । यो देशको आन्तरीक व्यवस्थापन गर्न नसक्दा देखा परको युक्रेनको गंभीर राष्ट्रिय संकट पनि हो । उसले क्रिमिया सन् २०१४ मै गुमायो ।
युक्रेन संकटले विश्वका भू राजनीतिक संवेदनशीलता देखिएका मुलुकहरुले अपमाउनु पर्ने कुटनीतिक सम्बन्ध र राष्ट्रिय व्यवहारलाई कति महत्व दिनु पर्छ भन्ने कुरा प्रमाणित गरेको छ । राजनीतिक र कुटनीतिक सम्बन्ध भावावेश, कुनै ध्रुव या शक्तिको छनौट देशका लागि घातक हुन्छ भन्ने देखायो ।
अब जेलेन्सकीको आँशुले यो युद्धको अन्त्य हुँदैन , उनले रुसलाई युक्रेन रुसको राष्ट्रिय सुरक्षाका लागि कुनै खतरा हुने छैन , युक्रेन नेटो सदस्य बन्ने छैन , तठस्त राष्ट्र मात्र रहनेछ भन्ने स्पष्ट सन्देश दिएर वार्ता मार्फत जतिसक्दो छिटो युद्ध रोक्न पहल लिनु नै त्याहाँका जनता र युक्रेनको राष्ट्रिय हितमा छ । जेलेन्सकीको आँशु र आक्रोशले बाईडेन र जोनसोनहरुलाई केही छुनेवाला छैन । किन भने उनीहरु युक्रेन मात्र हैन संसारभर त्यस्ता प्रोपोगण्डा र अन्तरविरोध पैदा गराएर युद्ध गराउदै फाईदा लिईरहेका छन् । रुस कमजोर भएमा विश्व हतियार बजारमा अमेरीकाको प्रभुत्व बढ्नेछ । उ बढ्दो आथिक संकटबाट माथि उठ्नेछ ।
पश्चिमाहरुको दोहोरो चरित्र र प्रवृतिलाई अझै पनि चिन्न नसक्नु संसारका धेरै देशहरुका लागि भविष्यमा पनि घातक हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी