भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

माघ २३, काठमाडौँ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको आइतबार निधन भएको छ । ९२ वर्षको उमेरमा आइतबार बिहान ८ः१२ मा उनको निधन भएको ब्रिच क्यान्डी अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

केही समययता उनको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतो इन्दौरमा भएको थियो ।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । उनले सन् १९४३ मा आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी