चिसो बढेसँगै बेँशी झारिँदै भेँडा

चिसो बढेसँगै बेँशी झारिँदै भेँडा

  • शुक्रबार, पुस २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

हुम्ला,२ पुस । हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो ।

सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन् ।

२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेँडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेँडा पालक सिमकोट गाउँपालिका(२ ठेहेका कालु बोहराले बताए ।

भेँडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँशी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले न्यूज कारखानालाई बताए ।

ुपाटनमा चिसोले सताउदा सुक्खा चरीचरण क्षेत्र सकिँदैछ, पशुवस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ । चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेँडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुलाका अधिकांश भेँडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।

लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेँडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन । त्यसैले गर्मी बढेपछि बेँशीबाट लेकतिर र हिउँदमा बेँशीतर्फ झार्नुपरेको बोहराले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी