रोहित शेट्टीको ‘कप युनिभर्स’ मा सलमानलाई अफर

रोहित शेट्टीको ‘कप युनिभर्स’ मा सलमानलाई अफर

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १५ कात्तिक। हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीन फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशीसम्म सामेल छन् । यसमा अब उनी चुलबुल पाण्डेलाई इन्ट्री गराउने कोसिसमा छन् ।

बलिउडमा अर्को पुलिसको कथा भन्ने फिल्म हो ‘दबंग’ । रोहित चुलबुल पाण्डेको क्यारेक्टरमा रहेका सलमान खानलाई उक्त युनिभर्सको सदस्य बनाउन चाहन्छन् । हालै आफ्नो फिल्म ‘सूर्यवंशी’ को प्रमोसनका लागि सलमानको टेलिभिजन शो ‘बिग बोस’ मा पुगेका रोहितले उक्त प्रस्ताव गरेका हुन् ।

‘म तपाईसँगको हरेक भेटमा फिल्मका लागि आग्रह गर्छु तर तपाई अझैसम्म तयार हुनुभएको छै’, रोहितले भने, ‘म तपाईलाई सिंघमसँग पर्दामा देखाउन चाहन्छु ।’ सलमानले शोमा आफू तयार रहेको छोटो प्रतिक्रिया दिएका छन् ।

सलमानले ‘एस’ भनेपछि उत्साहित हुँदै रोहितले आफ्नो वाचाबाट पछि नहट्न आग्रह गरे । ‘मलाई थाहा छ, तपाईले कमिटमेन्ट गरेपछि पूरा गर्नुहुन्छ भन्ने । म निकै उत्साहित छु, अजयसँग तपाईलाई देखाउने कुरामा’ रोहितले भने । शोमा रोहितसँगै कट्रिना कैफ पनि पुगेकी थिइन् । रोहितले सिंघमको रूपमा अजय देवगन, सिम्बाको रूपमा रणवीर सिंह र सूर्यवंशीको रूपमा अक्षय कुमारलाई दर्शकसमक्ष पुर्‍याएर पुलिसको सिनेम्याटिक युनिभर्स बनाएका छन् । यसमा उनले सलमानलाई चुलबुल पाण्डेको रूपमा प्रवेश गराउन प्रयाशरत छन् ।

भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिँदै आएका अक्षयलाई एकपटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् ।

फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ