बैंकर बन्ने सपना बोकेकी परिणीति चोपडा

बैंकर बन्ने सपना बोकेकी परिणीति चोपडा

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ७ कात्तिक । बलिउड अभिनेत्री परिणीति चोपडा केही समययता नेपालमा छिन् । उनी राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ुउचाइु को छायांकनका लागि नेपाल आएकी हुन् ।

शुक्रबारदेखि ३३ वर्ष लागेकी परिणीतिले यसपटक जन्मोत्सव फिल्म युनिटसँगै मनाङमा मनाइन । हिमाली जिल्ला मनाङमा शुक्रबार उनी आठ दिने सेड्युलका लागि पुगेकी हुन् । सम्भवतस् फिल्म युनिटको यो अन्तिम सेड्युल हो नेपालमा ।

बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ । परिणीति यो टिमसँग काम गर्न पाउँदा आफूलाई निकै भाग्यमानी मान्छिन् । नेपालमा रहेका फिल्मकै कास्ट एन्ड क्रिउसँग जन्मोत्सव सेलिब्रेसन गरेकी परिणीतिले भारतीय मिडियासँग कुरा गर्दै सन् २०२१ प्रति पूर्णतः आभारी रहेको बताएकी छिन् ।

बलिउडमा एक दशकको यात्रा तय गरिसकेकी यी अभिनेत्रीले लन्डनमा म्यानचेस्टर बिजनेस स्कुलमा बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छिन् । यसैले गर्दा उनले त्यहीँ केही बैंकमा जागिरका लागि प्रयास गरिन् । तर, उनले कतै काम पाइनन् । पढाइ गर्ने समयमा ५० लाख ऋण भएकाले उनले भारत फर्किने निर्णय गरिन् । ुम लन्डनबाट मुम्बई फर्किएँ किनकि दिल्लीभन्दा मुम्बईको टिकट सस्तो थियो,ु उनले एक अन्तर्वार्तामा भनेकी छिन् ।

उनी मुम्बई आएपछि यशराज फिल्म्समा एकाउन्टेन्टको कामका लागि एप्लाइ गरिन् । तर, त्यो पोस्टमा जागिर खाली नहुँदा उनलाई यशराज फिल्म्सले मार्केटिङ र पीआर डिपार्टमेन्टमा इन्टरनसिप दियो, जसलाई उनले स्वीकार गरिन् । ुम त्यहाँ आफ्नै पढाइसँग सम्बन्धित काम चाहन्थे र त्यहीअनुसार जोडिएँ,ु उनले भनिन् । त्यही अफिसमै निर्देशक मनिष शर्माले परिणीतिलाई स्पट गरे । त्यसैकारण उनले सन् २०११ को फिल्म ुलेडिज भर्सेस रिकी बेलु मा चान्स पाइन् ।

त्यो फिल्ममा काम गर्न उनलाई सहज भने थिएन । किनकि उनले केही ट्रेनिङ लिए पनि फिल्मका बारेमा जानकार थिइनन् । त्यसैले उनले मनिषलाई धेरै प्रश्न गर्ने गर्थिन् । ुम क्यारेक्टरको बारेमा धेरै सोध्ने गर्छु किनकि म स्पष्ट नभएसम्म सट दिन सक्दिनँ,ु परिणीति भन्छिन् । त्यसपछि उनले यशराज फिल्म्सकै फिल्महरू लगातार गरिन् । पछिल्लो समय उनले एक छुटै पहिचान स्थापित गरिसकेकी छिन् । यसै वर्ष उनको द गर्ल अन द ट्रेन, सन्दीप और पिंकी फरार र साइना रिलिज भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी