नाथुराम गोड्सेको जीवनीमा फिल्म

नाथुराम गोड्सेको जीवनीमा फिल्म

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १७ असोज । महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । गान्धीको १५२औँ जन्मजयन्तीको अवसरमा उनका हत्यारा नाथुरामबारे ‘गोड्से’ नामक फिल्म निर्माण गर्ने घोषणा गरिएको हो ।

महेश मांजरेकरले निर्देशन गर्ने फिल्मका निर्मातामा सन्दीप सिंह र राज शान्डल्य छन् । आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिइएको हो । हाल स्क्रिप्ट लेखन कार्य भइरहेको फिल्म सन् २०२२ को जुन महिनासम्म छायांकन सुरु गरिने बताइएको छ ।

निर्देशक मांजरेकरले नाथुरामको विषयमा फिल्म बनाउनु निकै हिम्मतको काम भएको बताएका छन् । ‘आममानिसलाई नाथुरामले गान्धीलाई मारेको कुरा मात्र थाहा छ । त्यसबाहेक नाथुरामका बारेमा केही पनि थाहा छैन’, उनले भनेका छन्, ‘फिल्मले धेरै कुरा बताउनेछ । हामी न नाथुरामको गुणगान गाउनेछौँ, न कसैका विरुद्ध केही देखाउनेछौँ । के सही, के गलत भन्ने कुरा मूल्यांकन गर्ने काम दर्शकलाई नै छाड्नेछौँ ।’

फिल्ममा नाथुरामको भूमिका कसले निर्वाह गर्नेछ, त्यो भने गोप्य राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी