डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १७ असोज । दशैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुन लागेको फिल्म ‘डाँडाको वरपीपल’को आइतबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् ।

अन्तरजातीय प्रेम र विवाहका कारण सम्बन्धमा आउने समस्यामा केन्द्रित फिल्म चित्लाङ र काठमाडौंमा खिचिएको हो । बूढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माण गरेको फिल्मको स्क्रिप्ट रामकाजी घिमिरेले लेखेका हुन् । सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक शोभितले ‘डाँडाको वरपीपल’ आफ्नो निर्देशनमा बनेको ३१औँ फिल्म भएको बताउँदै दर्शकको माया पाउने विश्वास व्यक्त गरे । उनले फिल्म तिहारपछि ओटीटी प्लेटफर्ममा पनि उपलब्ध हुने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी