जनवरीमा बिहे गर्दै ऋचा चड्डा र फजल अलि

जनवरीमा बिहे गर्दै ऋचा चड्डा र फजल अलि

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १५ असोज । बलिउडका दर्शकमा रणवीर कपुर र आलिया भट्टको बिहे कहिले हुन्छ भनेर जति कौतूहलता छ, त्यति नै चासो ऋचा चड्डा र अलि फजलको बिहेको बारेमा पनि छ । शुभचिन्तकहरू रणवीर र आलिया अनि ऋचा र अलिको बिहे भएको हेर्न आतुर छन् ।

भारतीय मिडियाका अनुसार अलि र ऋचाको बिहे गत वर्षको अप्रिल महिनामै हुने तयारी थियो । तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले बिहेको योजना स्थगित गर्नुपर्यो । त्यसपछि अलिकी आमाको निधन भयो ।

हालै इन्डिया टुडेसँगको एउटा अन्तर्वार्तामा अलिले आफूहरू २०२२ जनवरी पहिलो सातामै बिहे गर्ने योजनामा पुगेको बताएका छन् । उनले भनेका छन, ‘ऋचा र म जनवरीको सुरुमै बिहे गर्ने मनस्थितिमा छौ । तर, मिति भने तय गरिसकेका छैनौ । हामी धूमधामका साथ बिहे गर्नेछौ ।’

ऋचा र अलिको पहिलो भेट २०१३ मा ‘फुकरे’ फिल्मको सेटमा भएको थियो । त्यसबेलादेखि नै आफूहरूबीच प्रेम सुरु भएको, तर मिडियासँग लुकाउँदै आएको अलिले बताएका छन् । उनीहरूले सन् २०१७ मा आफूहरू प्रेममा रहेको स्वीकारेका थिए ।

ऋचा यो वर्ष ‘म्याडम चिफ मिनिस्टर’ फिल्ममा देखिएकी थिइन् । अब उनी अलिका साथ ‘फुकरे-३’ मा सँगै देखिनेछिन् । अलि विशाल भारद्वाजको ‘खुफिया’ फिल्ममा देखिने छन् भने ऋचाको ‘अभी तो पार्टी सुरु हुइ है’ पनि यही वर्ष रिलिज हुने सम्भावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी