भारतीय चर्चित अभिनेता दिलीप कुमारको निधन

भारतीय चर्चित अभिनेता दिलीप कुमारको निधन

  • बुधबार, असार २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भारतको चर्चित अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । हिंदुजा अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी पछिल्लो केही दिन देखि अस्वस्थ्य भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
दिलीप कुमारको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रदाञ्जली व्यक्त गरेका छन् ।
सास फेर्न गाह्रो भए पछि उनलाई अस्पताल लगिएको बताईएको छ । पाँच दशक लामो फिल्मी करियरमा दिलीपले मुगले आजम, देवदास, नयाँ दौर, राम और श्याम जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए । उनको अन्तिम फिल्म किल्ला १९९८ मा सार्वजनिक भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ