चलचित्रकर्मी चेतन कार्कीको निधन

चलचित्रकर्मी चेतन कार्कीको निधन

  • आइतवार, जेष्ठ २, २०७८
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

जेष्ठ २, काठमाडौँ । चलचित्रकर्मी चेतन कार्की निधन भएको छ । कोविड संक्रमण भएपछि काठमाडौंको आर्मी अस्पतालमा उपचार गराईरहेका ८३ वर्षिय कार्कीको आज बिहान निधन भएको हो । उनको बिहान १० बजेर ५० मा निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

फिल्म निर्देशक प्रकाश सायमीका अनुसार कोभिड पोजेटिभ देखिएपछि गत सोमबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो । कार्की पटकथाकार र गीतकारका रुपमा पनि स्थापित थिए । कार्की नेपाली फिल्म क्षेत्रमा पटकथा लेख्ने पहिलो व्यक्ति समेत रहेका सायमीले बताए ।

कार्कीले हिरासिंह खत्रीले निर्देशन गरेको परिवर्तन को पटकथा र गीत लेखेका थिए । १९९५ मा स्याङ्जामा जन्मिएका कार्की नेपाली फिल्म र कलाको इतिहासका ज्ञाताका रुपमा चिनिन्थे । कार्कीको अन्त्योस्टी आजै गरिएको बताइएको छ । उनका श्रीमती र दुई छोरा छन् । उनले लेखेको फिल्म गीत ‘तीजको लहर आयो बरिलै’ फिल्मको सबभन्दा चलेको सदाबहार गीत भएको सायमी बताउँछन् ।

कार्कीले ‘विश्वास’, ‘भूमरी’ र ‘पहिलो प्रेम’ निर्देशन गरेका गरेका थिए । फिल्म ‘कान्छी’को ‘कान्छी हे कान्छी’, ‘यी ओठ तिम्रा’, ‘माया पिरती’को ‘माया पिरतीको चोखो कथा’, ‘परिवर्तन’को ‘बैनीको दया छ भने…’ गीत लेखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी