यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले हात पारेकी छन्। पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने उनी दोस्रो महिला बनेकी छन्। उनले नोमाडल्यान्ड, फिल्मको निर्देशन गरेकी थिइन्।
अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गर्ने बताइन्।
यो दुनियाँमा मेरो जहाँ, जोसँग भेट भयो उनीहरूमा राम्रो कुरा पाएकी छु। यो अवार्ड तिनीहरूका लागि हो जो राम्रो हुनलाई प्रयत्न गर्छन् र जोसँग जति नै कठिनाइ भए पनि राम्रो बन्ने साहस छ। यो अवार्ड मलाई प्रेरणा दिन तपाईंहरू सबैका लागि हो,’ उनले भनिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline